समाज

सुदूरपश्चिमाञ्चल विश्वविद्यायले अनलाइन परीक्षा सञ्चालन गर्ने

हिमालय टिभी
२०७७ भदौ २२ गते १८:५२
सुदूरपश्चिमाञ्चल विश्वविद्यायले अनलाइन परीक्षा सञ्चालन गर्ने

२२ भदौ, २०७७ सुदूरपश्चिम । सुदूरपश्चिमाञ्चल विश्वविद्यायलले अनलाइनबाट स्नातक र स्नातकोत्तर तहको परीक्षा लिने भएको छ ।

विश्वविद्यालयले परीक्षाको तालिका सार्वजनिक गरेको छ । यसअघि स्थगित परीक्षारू आगामी असोज १२ गतेदेखि सञ्चालन हुने विश्वविद्यायलयका उपकुलपति प्राध्यापक डाक्टर अम्मराज जोशीले जानकारी दिनुभएको छ ।

१४ वटै आङ्गिक क्याम्पससित छलफल गरेर निर्णय गरिएको जोशीले बताचाउनु भयो । विश्वविद्यालयले अनलाइन परीक्षामा सहभागी हुन इन्टरनेट समस्या भएका विद्यार्थीका लागि आइसिटी सेन्टरको स्थापना गर्नेछ ।

त्यस्तै अनलाइन परीक्षाका लागि विश्वविद्यालयले सिकाइ व्यवस्थापन प्रणाली सफ्टवेयरसमेत निर्माण गरिएको जनाएको छ ।

सफ्टवेयरमार्फत परीक्षार्थीलाई व्यक्तिगत इमेलमा प्रश्नपत्र पठाइने छ । परीक्षार्थीले तोकिएको समय अवधिभित्र उत्तरपुस्तीका स्क्यान गरी इमेलमार्फत परीक्षा नियन्त्रण कार्यालयमा पठाउनुपर्नेछ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *