समाज

अल्सरका कोरोना संक्रमित गम्भीर बिरामी सफल शल्यक्रिया

हिमालय टिभी
२०७७ भदौ २२ गते १८:३९
अल्सरका कोरोना संक्रमित गम्भीर बिरामी सफल शल्यक्रिया

२२ भदौ, २०७७, नेपालगञ्ज । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आन्द्रामा अल्सर भएर गम्भिर अवस्थामा पुगेका कोरोना संक्रमितको शल्यक्रिया भएको छ ।

अस्पतालका चिकित्सक डाक्टर दिग्विजय खडका सहित चिकित्सक र स्वास्थ्यकर्मीहरुसहित ७ जनाको टिमले करिब एक घन्टा लगाएर दैलेख भगवती गाउँपालिकाका ३८ वर्षीय पुरुषको शल्यक्रिया गरेको हो ।

प्रादेशिक अस्पताल सुर्खेतबाट रिफर भएर आएका पुरुषको शल्यक्रिया पछि नेपालीको स्वास्थ्य सूचांकहरु सामान्य अवस्थामा रहेको र उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालका अस्पतालका सहायक निर्देशक डा. नितेश कनोडियाले बताउनुभयो ।

कोरोना संक्रमित भई उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा आएका बिरामीमध्ये शल्यक्रिया गरेर उपचार गरेको यो ८औं केश हो ।

यसअघि शिक्षण अस्पताल कोहलपुरमा ४ जना गर्भवती, २ जना हात गोडा भाँचिएका र एक जनाको आन्द्राको शल्यक्रिया गरेर सफलतापुर्बक उपचार भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *