Political Hightlights

असन्तुष्ट पक्षले सभापति देउवालाई कमजोर बनाउन खोजेको आरोप (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २२ गते १८:०४
असन्तुष्ट पक्षले सभापति देउवालाई कमजोर बनाउन खोजेको आरोप (भिडियोसहित)

२२ भदौ, २०७७ काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले सभापतिलाई कमजोर बनाउन खोजेको भन्दै असन्तुष्ट पक्षको आलोचना गरेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले लगातार सभापति शेरबहादुर देउवालाई निशाना बनाएकोमा संस्थापन पक्षले आपत्ति जनाएको हो ।

असन्तुष्ट पक्षकै कारण पार्टीमा समस्या आएको देउवा पक्षको आरोप छ । महाधिवेशनबाट नेतृत्व लिन सभापति देउवालाई कमजोर बनाउने खेल भएको देउवा पक्षीय नेता मिनबहादुर विश्वकर्माको दावी छ ।

सभापतिले सर्वसम्मत निर्णय गरौ भनेर दबाव दिएपनि पौडेल पक्ष सहमतिमा आउन नचाहेको नेता विश्वकर्माले आरोप लगाउनुभयो । विभाग गठन लगायतका काम पौडेल पक्षकै कारण ढिला भएर पछि मात्रै भएको विश्वकर्माको दावी छ ।

पछिल्लो पटक नेपाली कांग्रेसको असन्तुष्ट पक्षले महाधिवेशनको मिति घोषणा भएपछि विभाग गठन र मनोनयन गरेको र ती विधान विपरित भन्दै देउवाको आलोचना गर्दै आएको छ ।

असन्तुष्ट पक्षले निर्णय नसच्याए आमरण अनशन बस्ने चेतावनी समेत दिएको छ । यसै पृष्ठभूमिमा देउवा पक्षको प्रतिक्रिया आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्