Main News

युट्युबमा कोरोनाको उपचारबारे भ्रम फैलाएको आरोपमा लिम्बू पक्राउ

हिमालय टिभी
२०७७ भदौ २२ गते १६:०९
युट्युबमा कोरोनाको उपचारबारे भ्रम फैलाएको आरोपमा लिम्बू पक्राउ

२२ भदौ, २०७७ काठमाडौं । आफूलाई आयुर्वेदिक चिकित्सक भन्दै विभिन्न युट्युब च्यानलमा कोरोना भाइरस संक्रमण र उपचारबारे भ्रम फैलाएको आरोपमा प्रहरीले सुवास सुब्बा लिम्बूलाई पक्राउ गरेको छ ।

विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा कोरोना संक्रमणबाट मृत्यु भएकाको मिर्गौलालगायतका अंग झिकिने गरेको भन्दै भ्रम फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

लिम्बुले कोरोना निको हुने भन्दै विभिन्न झारपात तथा वनस्पतिसमेत बेच्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्राकृतिक चिकित्सक बताउने लिम्बुलाई ललितपुरको ढोलाहिटीमा रहेको आयुर्वेद क्लिनिकबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *