समाज

तनहुँमा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु, ६ जना घाइते

हिमालय टिभी
२०७७ भदौ २२ गते १३:५५
तनहुँमा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु, ६ जना घाइते

२२ भदौ, २०७७ तनहुँ । तनहुँमा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

रिसिङ गाउँपालिका वडा नम्बर १ मास्तीघाट नजिकै ग १ ज ७१२८ नम्बरको जीप दुर्घटना हुँदा म्याग्दे गाउँपालिका ७ का जीप चालक २५ वर्षीय होमवहादुर श्रेष्ठ र व्यास नगरपालिका ५ का ५८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएकाहरुको अहिले दमौलीको रत्नहरि र नेशनल एपोलो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो। जीप कच्ची सडकबाट ७० फिट तल देउली खोलामा खसेर दुर्घटना भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *