आर्थिक

मापदण्ड बनाएर पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय सञ्चालन गर्न माग (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २२ गते ६:०६
मापदण्ड बनाएर पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय सञ्चालन गर्न माग (भिडियोसहित)

२२ भदौं, २०७७ काठमाडौं । लकडाउन र निषेधाज्ञाका कारण पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय बन्द हुँदा व्यवसायी भाडा तिर्ने नसक्ने अवस्थामा पुगेका छन् ।

व्यवसाय बन्द हुँदा अर्बौ रुपैयाँ घाटा लागेको र ५० हजार श्रमिकले रोजगारी गुमाएको भन्दै उनीहरुले मापदण्ड बनाएर व्यवसाय सञ्चालन गर्न दिन सरकारलाई आग्रह गरेका छन् ।

वैशाख, जेठ र असार महिना पार्टी प्यालेस व्यवसाय सबैभन्दा बढी चल्ने समय हो । पार्टी प्यालेस व्यवसायीले मात्र वार्षिक ‍२ अर्ब रुपैयाँभन्दा बढी राजस्व बुझाउँछन् । तर ५ महिनादेखि व्यवसाय ठप्प हुँदा अर्बौं रुपैयाँ नोक्सान भएको व्यवसायीले बताएका छन् । लकडाउन र निषेधाज्ञाका कारण व्यवसाय थला परेको भन्दै अझै यही अवस्था कायम रहे विस्थापित हुने डर व्यवसायीलाई छ ।

महासंघमा आवद्ध देशभरका पार्टी प्यालेस व्यसायमा ५० हजार भन्दा बढी व्यक्तिले रोजगारी पाउँदै आएका छन् । जसमध्ये १५ प्रतिशत स्थायी रुपमा कार्यरत छन् । तर लामो समयदेखि व्यवसाय बन्दहुँदा यस क्षेत्रमा आवद्ध ४० हजारभन्दा बढिले रोजगारी गुमाइसकेको व्यवसायीले बताएका छन् ।

७० प्रतिशत व्यवसाय बैंकको ऋणबाट सञ्चालित रहेको तर किस्ता र ब्याज तिर्ने म्याद नजिकिदैँ जाँदा चिन्ता थपिएको व्यवसायीको भनाई छ । त्यसैले व्यवसाय सञ्चालनमा आएपछि मात्रै किस्ता र ब्याज रकम तिर्ने पाउनुपर्ने व्यवसायीको माग छ ।

स्वास्थ्य मापदण्ड बनाएर व्यवसाय सञ्चालन गर्न उनीहरु तयार छन् । सरकारले मापदण्डसहित सेवा सञ्चालन गराएर आफूहरुलाई बचाउनुपर्ने व्यवसायीको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *