Main News

‘बेसार र ज्वानोले कोरोना निको हुने भ्रममा पर्दा बाबु गुमाएँ’ (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २१ गते २०:१६
‘बेसार र ज्वानोले कोरोना निको हुने भ्रममा पर्दा बाबु गुमाएँ’ (भिडियोसहित)

२१ भदौ, २०७७ काठमाडौं । कोरोनाको विषयमा विभिन्न भ्रम फैलिरहेको छ । बेसार पानी, ज्वानो पानीले निको हुन्छ । कोरोना केहि पनि होइन भन्ने जमात बढिरहेको छ । तर कोरोना संक्रमण भएका र आफन्त गुमाएकाको अनुभव फरक छ ।

काठमाडौंको विशाल नगर, चन्डोलका लिखितेन्द्र श्रेष्ठको परिवार अहिले पाटन अस्पतालको आइसोलेसन वार्डमा छ । लिखितेन्द्रको पाँच जना परिवारलाई कोरोना संक्रमण भएको छ ।

सुरुमा उहाँको ७४ वर्षीय बुबालाई कोरोना संक्रमण भएको थियो । अस्पताल र कोभिड व्यवस्थापन समितिले नै होम आइसोलेसनमा बस्न भनेपछि लिखितेन्द्रका बुबा होम आइसोलेसनमा बस्नुभयो ।

मुटुको समस्या भएका लिखितेन्द्रका बुबाको भाद्र ८ गते मृत्यु भयो । आफ्नो बुबाको उहाँले अन्तिम पटक न मुख हेर्न पाउनु भयो न त, दाहसंस्कार गर्न । जसका कारण लिखितेन्द्रको मनमा गहिरो चोट पुगेको छ।

लिखितेन्द्रको बुबालाई कोरोनाको कुनै लक्षण देखिएको थिएन । कोरोना संक्रमण पुष्टि भएको चार दिनसम्म नै लिखितेन्द्रका बुबालाई होम आइसोलेसनमै राखियो । परिवारका अन्य सदस्यलाई पनि कोरोना पुष्टि भएपछि भने उहाँको परिवार पाटन अस्पतालमा आयो । होम आइसोलेसनको भर परेर अस्पताल ढिला ल्याउँदा लिखितेन्द्रले बुबालाई गुमाउनु पर्‍यो ।

मुटुको समस्या भएका लिखितेन्द्रका बुबाको भाद्र ८ गते मृत्यु भयो । आफ्नो बुबाको उहाँले अन्तिम पटक न मुख हेर्न पाउनु भयो न त, दाहसंस्कार गर्न । जसका कारण लिखितेन्द्रको मनमा गहिरो चोट पुगेको छ।

अहिले पनि बेसार पानी , ज्वानो पानी लगाएतले कोरोना निको हुन्छ भन्ने कुरा आइरहेको छ । कोरोना भ्रम हो भन्दै कतिपयले सावधानी नै अपनाएका छैनन् । ज्वानो पानी, बेसार पानी कोरोनाको औषधी भन्नु निकै गलत भएको लिखितेन्द्र बताउनुहुन्छ ।

कोरोना संक्रमणका कारण दीर्घ रोगी, बालबालिकाहरु, जेष्ठ नागरिक निकै जोखिममा छन् । त्यसको ख्याल नगरी कोरोनालाई ख्यालख्याल नठान्न उहाँको सबैलाई आग्रह छ ।

प्रतिक्रिया

One thought on “‘बेसार र ज्वानोले कोरोना निको हुने भ्रममा पर्दा बाबु गुमाएँ’ (भिडियोसहित)

  1. त्यसैले बेसार पानीको भर नपरौं समयमै ध्यान पुर्यायौँ र सुरक्षित रहौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *