Main News

वीर अस्पताललाई कोभिड अस्पताल बनाउने सरकारको निर्णय

हिमालय टिभी
२०७७ भदौ २१ गते १८:१०
वीर अस्पताललाई कोभिड अस्पताल बनाउने सरकारको निर्णय

२१ भदौ, २०७७ काठमाडौं । सरकारले वीर अस्पताललाई कोभिड अस्पताल बनाएको छ ।

मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले वीर अस्पतालाई कोभिड अस्पताल बनाउँदै त्यहाँ भइरहेका सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।

यसैगरी विभिन्न शिक्षण अस्पतालमा काम गरिरहेका विद्यार्थीलाई कोडिभ १९ रोकथाम गर्न खटाउने समेत निर्णय भएको छ ।

सरकारले सबै सरकारी प्रयोगशालालाई आफ्नो क्षमताको ५० प्रतिशत सशुल्क निजी खर्चमा परीक्षण गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *