Main News

विराटनगर र धरानमा एकएक कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ भदौ २१ गते १५:५८
विराटनगर र धरानमा एकएक कोरोना संक्रमितको मृत्यु

२१ भदौ, २०७७, विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरस्थित कोशी अस्पताल र धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकएक जना गरी दुई जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका – २ तीनपैनी चोकका ७० वर्षीय पुरूषको शनिबार राती मृत्यु भएको हो । ज्वरो, खोकी र स्वासप्रस्वासमा समस्या भएपछि शनिबार साढें ५ बजे अस्पतालमा उहाँको मृत्यु भएको कोसी अस्पतालका सुपरिटेन्टडेन्ड डा चुमनलाल दासले जानकारी दिनुभयो । प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएको मृतकको स्वाब परीक्षण गर्दा उहाँमा कोरोना पुष्टि भएको हो ।

यसैगरी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापाको कन्काई ३ की ३५ वर्षीया महिलाको उपचारको क्रममा आइतबार मृत्यु भएको छ । बिहान १०ः४५ मा उहाँका मृत्यु भएको अस्पतालले जनाएको हो ।

केही दिनदेखि शारीरिक दुर्बलताको समस्या रहेको उहाँलाई दुई दिनदेखि ज्वरो आएको र स्वासपश्वासमा समस्या भएको थियो । लगत्तै प्रतिष्ठानमा भर्ना गरेर उपचार सुरु गरेको उहाँमा कोरोना पोजेटिभ देखिएको थियो । उहाँको प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा मृत्यु भएको प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *