Main News

पर्यटनमन्त्रीद्वारा आफ्नो जन्मदिनको अवसरमा एसिड पीडित खातुनलाई आर्थिक सहयोग

हिमालय टिभी
२०७७ भदौ २१ गते १३:२२
पर्यटनमन्त्रीद्वारा आफ्नो जन्मदिनको अवसरमा एसिड पीडित खातुनलाई आर्थिक सहयोग

२१ भदौ, २०७७ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एसिड पीडित मुस्कान खातुनलाई आर्थिक सहयोग गर्नुभएको छ ।

खातुनलाई मन्त्रालयमै बोलाएर मन्त्री भट्टराईले ५० हजार रुपैयाँ सहयोग गर्नुभएको हो । गत वर्ष भदौ २० गते घरबाट विद्यालय जाने क्रममा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए ।

एसिड प्रहारबाट घाइते भएकी उनको अहिले पनि उपचार भइरहेको छ । कक्षा नौ मा अध्ययनरत खातुनलाई अध्ययनमा सहयोग पुगोस् भन्दै मन्त्री भट्टराईले सहयोग गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

सहयोग रकम प्रदान गर्दै मन्त्री भट्टराइले खातुनको आत्मविश्वासबाट आफू धेरै प्रभावित बनेको बताउनुभयो । खातुनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही दिनअघि बालुवाटारमा बोलाएर शिक्षाको सबै प्रबन्ध गर्ने वचन दिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *