खेलकूद

सीपीएल क्रिकेटमा सन्दीप आवद्ध जमैका तलाबाजको पाँचौ हार

हिमालय टिभी
२०७७ भदौ २१ गते ८:३४
सीपीएल क्रिकेटमा सन्दीप आवद्ध जमैका तलाबाजको पाँचौ हार

२१ भदौ, २०७७ काठमाडौं । क्यारेबियन प्रिमियर लीग ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा सन्दीप लामिछाने आबद्ध जमैका तलाबाजले पाँचौ हार व्यहोरेको छ ।

प्रतियोगिता अन्तर्गत नवौं खेलमा बार्बाडोस ट्रिडेन्सले जमैकामाथि ७ विकेटको जित निकालेको हो । ब्रायन लारा रंगशालामा १ सय ६२ रनको लक्ष्य बार्बाडोसले १८ दशमलव २ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो ।

उसका लागि कप्तान ज्यासन होल्डरले ६९ रनको जोडे । त्यस्तै जोनाथन कार्टर ४२ र मिचेल सान्टनर ३५ रनमा अविजित रहे । बलिङमा जमैकाका सन्दीप लामिछाने, ओसेन थोमस र प्रिस्टन म्याकसुइनले समान एक(एक विकेट लिए ।

४ ओभर बलिङ गरेका सन्दीपले २६ रन खर्चिएर एक विकेट लिएका हुन् । उनले सिपीएलमा हालसम्म ९ खेल खेल्दै ११ विकेट लिइसकेका छन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको जमैकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो । उसका लागि जर्माइन ब्ल्याकउडले ७४ तथा आन्द्रे रसेलले ५४ रन बनाए ।

९ खेल खेलेको जमैका पाँचमा हार र तीन खेलमा जितसहित ७ अंक जोड्दै चौथो स्थानमा रहेको छ । उता बार्बाडोस पाँचौ स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्