खेलकूद

जोकोभिच युएस ओपन टेनिसको अन्तिम १६ मा प्रवेश

हिमालय टिभी
२०७७ भदौ २० गते १३:५३
जोकोभिच युएस ओपन टेनिसको अन्तिम १६ मा प्रवेश

२० भदौ, २०७७ काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिच यूएस ओपन टेनिसको अन्तिम १६ मा प्रवेश गरेका छन् ।

न्युयोर्कमा भएको तेस्रो चरणको प्रतिस्पर्धामा जर्मनीका जान लेनार्ड स्ट्रुफलाई पराजित गर्दै जोकोभिच अर्को चरणमा पुगेका हुन् ।

सर्बियन जोकोभिचले लेनार्डविरुद्ध ६(३, ६(३ र ६(१ को सोझो सेटमा जित निकाले । १८ पटकको ग्राण्डस्लाम विजेता उनले सेमिफाइनल प्रवेशका लागि स्पेनिस पाब्लो कारेनो बुस्टासँग खेल्ने छन् ।

अर्को खेलमा जर्मनीका एलेक्जेन्डर जेभरेभले एड्रियन मान्नारिनोलाई ३(१ को सेटमा पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेका छन् । महिलातर्फ चौथो वरीयताकी नाओमी ओसाका पनि अन्तिम १६ मा पुगेकी छन् ।

उनले युक्रेनी खेलाडी मार्टा कोस्त्युकलाई २(१ को सेटमा पराजित गरिन । यस्तै पाँचौं वरीयताकी पेट्रा कोभिटोभा र १७ औं वरीयताकी एन्जलिक केर्बेरले समेत अन्तिम १६ मा स्थान बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्