Main News

भ्रममा नपरौं, तातोपानी र गुर्जो खाएर कोरोना निको हुँदैन–डाक्टर बासुदेव पाण्डे (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १९ गते १९:४०
भ्रममा नपरौं, तातोपानी र गुर्जो खाएर कोरोना निको हुँदैन–डाक्टर बासुदेव पाण्डे (भिडियोसहित)

१९ भदौ, २०७७, काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तातो पानी र गुर्जो खाएर निको हुन्छ भनेर भ्रम फैलाइएको भन्दै असन्तुष्टि जनाएको छ ।

महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले जान्ने भएर कोरोनाबारे भ्रम नफैलाउन सबैलाई अपील गर्नुभएको छ ।कोरोना संक्रमणका कारण सिंगो विश्व आक्रान्त छ ।

अहिलेसम्म यसको कुनै औषधि बनेको छैन, तर नेपालमा केही व्यक्तिले तातो पानी, बेसार र गुर्जो खाएर यो निको हुन्छ भनेर प्रचार गरिरहेका छन । र, यसो गर्नेमा प्रधानमन्त्री केपी शर्मा ओली समेत हुनुहुन्छ ।

तर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेका अनुसार यो भ्रम हो । र, यसो गर्नु गलत हो । किनकी यसबारे बोल्ने काम चिकित्सक र विज्ञको हो ।

कोरोनाका बारेमा अहिले धेरैले जान्ने सुन्ने हुन खोजेको देखिन्छ । त्यसो नहोस र भ्रम नफैलियोस भनेर संसदको शिक्षा तथा स्वास्थ्य समितिमा डाक्टर पाण्डेले केही दृष्टान्त समेत पेश गर्नुभयो ।

एकातिर कोरानाकै बारेमा छरिएको भ्रमले त समस्या पारेको छ नै, त्यसको नियन्त्रणमा राज्यका संयन्त्रबीच समन्वय नहुँदा अर्को समस्या छ । पुरानो संरचना भत्किसक्यो, संघीयता अनुसारको नयाँ संरचामा समन्वय नै छैन । त्यसैले आवश्यक बजेट पठाउन पनि समस्या परेको महाशाखाको गुनासो छ । निर्देशक डाक्टर पाण्डेले यसतर्फ संसदीय समितिको ध्यानाकर्षण गर्नुभयो ।

संसदीय समितिमा डाक्टर पाण्डेले उठाएका विषय गम्भीर छन, त्यसैले सरोकारवाला सबैले ध्यान दिनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *