Main News

कोरोना महामारीका कारण यो वर्षको पाठ्यक्रम खुम्च्याउने सरकारको तयारी

हिमालय टिभी
२०७७ भदौ १९ गते १८:४१
कोरोना महामारीका कारण यो वर्षको पाठ्यक्रम खुम्च्याउने सरकारको तयारी

१९ भदौ, २०७७ काठमाडौं । सरकारले कोरोना भाइरसका कारण यो वर्षको पाठ्यक्रम खुम्च्याउने भएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शैक्षिक सत्रको साढे चार महिना बितिसकेकाले अत्यावश्यक बाहेकका विषयवस्तु पढ्न नपर्ने गरी पाठ्यक्रम कष्टमाइज गर्न लागिएको जानकारी दिनुभयो । भदौ महिनाभित्र संश्लेषित नयाँ पाठ्यक्रम विद्यालयलाई दिइनेछ ।

अत्यावश्यक कुरा मात्रै राखेर पाठ्यक्रम बनाउन विषयगत टोलीले कार्य थालेको मन्त्री पोखरेलले जानकारी दिनुभयो । विद्यालय शिक्षामा वैकल्पिक पद्धतिका सिकाइलाई मान्यता दिन क्रेडिट गणना गरिनेछ ।

कोभिड १९ संक्रमणको जोखिमका कारण विद्यालय सञ्चालन हुन नसकेकाले होम स्कुलिङ, रेडियो शिक्षा, टेलिभिजन शिक्षण, अनलाइन कक्षा लगायतका वैकल्पिक सिकाइलाई मान्यता दिनेगरी क्रेडिट गणना गरिन लागेको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।

मन्त्री पोखरेलका अनुसार महामारीको अन्त्यपछि पनि वैकल्पिक पद्धतिलाई विद्यालय र विश्वविद्यालय शिक्षाको पूरक पद्धतिको रुपमा विकास गर्दै लगिनेछ । घर नै शिक्षालय भन्ने मान्यतालाई सबैले आत्मसात गर्नुपर्नेमा मन्त्री पोखरेलको जोड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *