Main News

डा. पाण्डेले भने–तातोपानी र गुर्जो खाएर कोरोना निको हुन्छ भन्ने भ्रममा नपरौं (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १९ गते १७:०४
डा. पाण्डेले भने–तातोपानी र गुर्जो खाएर कोरोना निको हुन्छ भन्ने भ्रममा नपरौं (भिडियोसहित)

१९ भदौ, २०७७ काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरसका विषयमा अनावश्यक भ्रम नफैलाउन आग्रह गरेको छ ।

विश्वव्यापी महामारीकार रुपमा फैलिएको कोरोना भाइरस तातो पानी खाएर, गुर्जो खाएर निको हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरेको हो । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा महाशाखाका निर्देशक डाक्टर बासुदेब पाण्डेले प्राविधिक र संवेदनशील विषयमा बोल्दा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

आफुलाई विज्ञ भनेर चिनाउने मान्छेले समेत अनावश्यक भ्रम फैलाएको पाइएकाले भन्दै निर्देशक पाण्डेले त्यसो नगर्न आग्रह गर्नुभयो ।

संघीयता कार्यान्वयन हुनु अघि सिधै जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरेर काम गर्न सकिने अवस्था भएपनि अहिले तीन तहको सरकार हुँदा आवश्यक बजेटसमेत दिन समस्या परेको उहाँको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *