Main News

चितवनमा १०६ र बारा र पर्सामा ४५ जना कोरोना संक्रमित थपिए

हिमालय टिभी
२०७७ भदौ १९ गते ८:५६
चितवनमा १०६ र बारा र पर्सामा ४५ जना कोरोना संक्रमित थपिए

१९ भदौ, २०७७, काठमाडौं । पछिल्लोपटक गरिएको परीक्षणमा चितवनमा १०६ र बारा र पर्सामा ४५ जना कोरोना संक्रमित थपिएका छन् ।

चितवनमा गरिएको परीक्षणमा एकै दिन थप १०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

चितवन मेडिकल कलेज कोभिड ल्याब र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ७४ जनासहित एक सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्य सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५६ जना रहेका छन् । यस्तै राप्ती नगरपालिकाका ९, खैरहनी नगरपालिकाका ४, रत्ननगर नगरपालिकाका ३ जना, कालिका नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ । अन्य जिल्लाका ३२ जना रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञाको आज अन्तिम दिन यति धेरै संख्यामा चितवनमा संक्रमित फेला परेका हुन् । अहिलेसम्म चितवनमा २० जनाको मृत्यु भइसकेको छ ।

त्यसैगरी सुरक्षाकर्मी र बैंकका कर्मचारीसहित बारा र पर्सामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पाँच सय ८४ जनाको पीसीआर परीक्षण गर्दा ४५ जनामा कोभिड–१९ पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा। अतुलेशकुमार चौरासियाले जानकारी दिनुभयो ।

पछिल्लो परीक्षणमा पर्साका २६ र बाराका १९ जना जनामा कोभिड पुष्टि भएको हो । संक्रमितमध्ये दश जना महिला र ३५ जना पुरुष रहेका छन् । संक्रमित हुनेमा बारा जिल्लाको निजगढ इलाका प्रहरी कार्यालयका ६ जना, सशस्त्र प्रहरी बल पिलुवाका २ जना, कामना विकास बैकका १ जना र निजगढ नगरपालिकाका १४ जना रहेका छन् ।

यसैगरी पर्सामा नेपाल ईन्भेष्टमेन्ट बैंकका ५ जना, वीरगंज महानगरपालिकाका विभिन्न वडाका १२ जना रहेका छन् । पर्साकै कालिकामाई गाऊँपालिकाका तीन जना र सखुवा प्रसौनी गाउँपालिकामा तीन जना र पटेर्वा सुगौली गाऊँपालिकामा एक जना गरी पर्सामा २६ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *