Main News

भिडले एक जना निहत्था ट्राफिक प्रहरीमाथि यसरी बर्सायो बर्बरता (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १८ गते २१:०८
भिडले एक जना निहत्था ट्राफिक प्रहरीमाथि यसरी बर्सायो  बर्बरता (भिडियोसहित)

१८ भदौ, २०७७, ललितपुर । ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरीमाथि आक्रोशित युवाद्वारा कुटपिट प्रहरी र रथ तान्न खोज्नेबीचको झडपका क्रममा केही अमानवीय दृष्य समेत देखिए । रथ तान्न नपाएको झोंकमा प्रदर्शन गरिरहेकाहरुले ट्राफिक प्रहरीमाथि आक्रमण गरेर निर्घात कुटपिट गरेका छन् ।

तपाइँले दृश्यमा देख्नुभयो यहाँ एक जना ट्राफिक प्रहरीमाथि कुटपीट भैरहेको छ । रातो मच्छिन्द्रनाथको रथ तान्न सडकमा उत्रिएका आक्रोशित युवाले ललितपुरको पुल्चोकमा उनीमाथि कुटपीट गरेका हुन । यी ट्राफिकलाई प्रहरीलाई कुट्नु पर्ने कुनै कारण छैन, किनकी यिनको काम भिड्ने होइन, ट्राफिक व्यवस्थापन गर्ने हो । तर रथ तान्न नपाएको झोंकमा उनीमाथि निर्घात कुटपीट भएको छ ।

देश कोरोनाको महामारीबाट आक्रान्त छ, त्यसविरुद्ध सबैले आ–आफ्नो ठाउँबाट लडेकै छन् । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी अहोरात्र खटिएका छन । ती मध्ये यी ट्राफिक प्रहरी पनि पर्छन । तर कोरोनाको मतलव नगरी सडकमा उत्रिएको भीडले उनलाई निशाना बनाउँछन । उनी भाग्छन । उनी ढल्छन, तर कुटपीट रोकिन्न । एकदुई जनाले बचाउन पनि खोज्छन, तर सम्भव हुन्न ।

उनी उठेर भाग्ने कोशिस गर्छन, तर लखेटेर कुटपीट गरिन्छ र, फेरि ढालिन्छ । उनी पीडामा चिच्याउँछन । तर पीडा सुनिदैन ।

पछि प्रहरी आउँछ र उनको उद्धार गर्छ । यो भिडियो अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ ।

निहत्था प्रहरीमाथि भएको यो ज्यादत्ति कुनै पनि हालतमा सही होइन । आन्दोलन र आक्रोशका नाममा यस्ता गतिविधिले छुट पाउनु हुँदैन । अझ यस्तो महामारीका बेला त यो कल्पना नै गर्न सकिन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *