Main News

निषेधाज्ञा तोडेर रातो मच्छिद्रनाथको रथ तान्न खोज्न ललितपुरको पुल्चोकमा तनाव

हिमालय टिभी
२०७७ भदौ १८ गते १६:१०
निषेधाज्ञा तोडेर रातो मच्छिद्रनाथको रथ तान्न खोज्न ललितपुरको पुल्चोकमा तनाव

१८ भदौ, २०७७, काठमाडौं । निशेधाज्ञा तोडेर रातो मच्छिन्द्रनाथको रथ तान्ने स्थानीयबासिन्दा र प्रहरीबीच ललितपुरको पुल्चोकमा झडप भएको छ ।

स्थानीयबासिन्दाले रथ तानेर अघि बढाउँदै गर्दा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको थियो । त्यसक्रममा केही घाइतेसमेत भएका छन् ।

स्थानीबासिन्दाले पनि प्रहरीमाथि ढुंगा हानेका छन् । उनीहरुले पानीको फोहोरा हान्ने प्रहरीको गाडीमा नै तोडफोड गरेका छन् र एउटा मोटरसाइकलमा आगो लगाइदिएका छन् । प्रहरीको हस्तक्षेपपछि अहिले रथ पुल्चोकको बीच सडकमा छ । प्रहरीले रथलाई घेरा दिएर राखेको छ ।

लामो समयदेखि थाती रहँदै आएको रातो मच्छिन्द्रनाथको रथलाई निषेधाज्ञाकै बीच तानिएको हो । मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने भएकाले स्थानीयबासिन्दाले भेला भएर रथ तानेका थिए ।

गत चैत २७ गते मच्छिन्द्रनाथको रथ निर्माणको समय तोकिए पनि लकडाउनका कारण काम हुन सकेको थिएन। लकडाउन खुकुलो भएसँगै नयाँ साइत निकालेर क्षमापूजा गरेपछि पुल्चोकमा रथ निर्माण गरिएको थियो ।

पछिल्लो पटक भदौ १ गतेदेखि तानिने भने पनि गुठी संस्थाको आदेशका कारण रथयात्रा रोकिएको थियो । यसबिचमा रथजात्रा आयोजना गर्न गुठियारले प्रशासनसहित राष्ट्रपतिलाई समेत गुहारेका थिए । तर कतैबाट पनि सुनुवाइ नभएपछि जवर्जस्ती आज रथ तानिएको हो ।

प्रशासनले रथयात्रा रोक्न भने पनि स्थानीयले त्यसलाई अवज्ञा गरेका छन् । रथयात्रा संचालन गर्न गुठी संस्थान र सरोकारवाला निकाय इच्छुक नदेखिएको उनीहरुको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *