Main News

छात्रवृत्ति करारका चिकित्सक र स्वास्थ्यकर्मीको म्याद थप

हिमालय टिभी
२०७७ भदौ १७ गते १८:२९
छात्रवृत्ति करारका चिकित्सक र स्वास्थ्यकर्मीको म्याद थप

१७ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मी आवश्यक पर्ने भन्दै सरकारले स्वास्थ्य मन्त्रालयले छात्रवृत्ति करारमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीको म्याद पुस मसान्तसम्म थप गर्ने निर्णय गरेको छ।

छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सक र स्वास्थ्यकर्मीको म्याद सकिए पनि उनीहरु कार्यरत स्वास्थ्य संस्थाले आवश्यकता अनुसार पुस मसान्त सम्म म्याद थप गर्न सक्ने स्वास्थ्य मन्त्रालयले गरेको हो ।

मन्त्रालयबाट पूर्वस्वीकृति लिई विगतका आर्थिक वर्षमा करारमा कर्मचारी राखेका स्वास्थ्य संस्थाले पनि आवश्यकता अनुसार पुस मसान्त सम्म म्याद थप गर्न सक्ने छन् ।

कर्मचारी समायोजनमा संघ, प्रदेश र स्थानीय तहमा खटिएका र विगतमा जस्तै रमाना नलिइ समायोजन भएको स्थान नगएका स्वास्थयकर्मीलाई कोरोना संक्रमितको उपचारको लागि आवश्यक भए सोही स्थानमा तलबभत्ता खुवाउने गरी काम लगाउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *