वडाध्यक्ष कोरोनामुक्त भएको खुशियालीमा र्‍याली निकाल्दा झडप, ७ जना घाइते

हिमालय टिभी
२०७७ भदौ १७ गते १६:१०
वडाध्यक्ष कोरोनामुक्त भएको खुशियालीमा र्‍याली निकाल्दा झडप, ७ जना घाइते

१७ भदौ, २०७७ रौतहट । रौतहटको एक वडाध्यक्ष कोरोना संक्रमणमुक्त भएर आइसोलेसनबाट घर फर्कने क्रममा गुजरा नगरपालिकाको खतबैया गाउँमा मंगलबार राती झडप भएको छ ।

रौतहटको गुजरा नगरपालिका–६ का वडाध्यक्ष सकिल अन्सारी कोरोना संक्रमणमुक्त भएपछि स्वागत गर्न गएको वडाध्यक्ष पक्षधर र स्थानीयबीच झडप भएको हो ।

वडाध्यक्ष अंसारी कोरोना संक्रमणबाट निको भएपछि उनलाई लिन १५ वटा मोटरसाइकल स्वागतका लागि आइसोलेसन गएको थियो । झडपमा ७ जना घाइते भएको गुजरा नगरपालिकाका नगर प्रमुख शन्तलाल चौधरीले जानकारी दिनुभयो । घाइतेको उपचार वीरगञ्जमा भइरहेको छ।

सोही झडपमा संलग्न २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले जानकारी दिनुभयो । पुरानो रिसिइबीका कारण दुई पक्षबीच झगडा भएको उहाँले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार झडपमा वडाध्यक्ष पक्षका खतवैया गाउँका सदिक अन्सारी, शारदा देवी, प्रमिला चौधरी, वकिल अन्सारी, मोजमिल अन्सारी घाइते भएका छन् भने स्थाानीयतर्फ जयदा खातुन, शेष नसिब घाइते भएका छन् ।

चन्द्रपुर नगरपालिका–२ स्थित शहिदख स्मृति पार्कको आइसोलेसनमा बसेका वडाध्यक्ष अंसारीको कोरोना संक्रमणको रिपोर्ट मंगलबार आएको थियो ।

वडाध्यक्ष अन्सारीलाई गत भदौ ९ गते चाँदीपार्क आइसोलेसन कक्षमा राखिएको थियो । एक सातापछि उहाँको रिपोर्ट नेगेटिभ आएको थियो ।

वडाध्यक्ष अन्सारीले निषेधाज्ञाको उल्लंघन गर्दै ठूलो जमातमा र्‍याली गर्न नहुने नगर प्रमुख चौधरीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *