Main News

काठमाडौं उपत्यकामा १५ दिन कडा कर्फ्यु लगाउन मेयर फोरमको सुझाव

हिमालय टिभी
२०७७ भदौ १७ गते १४:१२
काठमाडौं उपत्यकामा १५ दिन कडा कर्फ्यु लगाउन मेयर फोरमको सुझाव

१७ भदौ, २०७७ काठमाडौं । उपत्यका नगरपालिका मेयर फोरमले काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्ब्याएर थप कडाई गर्न सुझाव दिएको छ ।

फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई मिल्ने भए कर्फ्यु नै लगाउन सुझाव दिएको हो । मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले अत्यावश्यक सामग्री किनमेलका लागि सहज बनाई १५ दिन कर्फ्यु आदेश जारी गरे मात्रै कोरोना संक्रमणलाई नियन्त्रणमा लिन सकिने बताउनुभयो ।

कोभिड नाइन्टिन संक्रमण समुदाय स्तरमा फैलिइसकेको भन्दै उहाँले आवागमनलाई पूर्ण रुपमा निषेध नगरी संक्रमण नियन्त्रणमा लिन कठिन हुने बताउनुभयो । कडा खालको निषेधाज्ञाबाट विपन्न वर्गहरुमा समस्या पर्ने तर्फ उपत्यका नगरपालिका मेयर फोरम सचेत रहेको पनि उहाँले बताउनुभयो ।

मेयर श्रेष्ठले गरिब र मजदुरलाई खानाको जोहो गर्ने भने पनि यो दुई हप्ताको निषेधाज्ञामा काठमाडौं उपत्यकाका कुनै पनि स्थानीय तहले गरिब परिवारलाई राहतको प्रबन्ध गरेका छैनन् ।

दुई हप्ताको निषेधाज्ञामा नै दैनिक कमाएर खाने बर्ग भोक भोकै पर्न थालेका छन् । उनीहरुले रोगले भन्दा भोकले मर्ने अवस्था आएको बताउँदै आएका छन् ।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञालाई यथावत राख्ने वा स्वरुप परिवर्तन गर्ने भन्ने सम्बन्धमा आज निर्णय गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *