Main News

वीरगञ्जमा बाराका एक जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ भदौ १७ गते ९:२७
वीरगञ्जमा बाराका एक जना कोरोना संक्रमितको मृत्यु

१७ भदौ, २०७७ काठमाडौं । अस्थायी कोभिड अस्पताल वीरगञ्जमा उपचाररत कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ।

बाराको सिम्रौनगढ नगरपालिकाका ९७ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ। भदौ १२ गते तराई अस्पताल वीरगञ्जमा उपचार गराउन पुगेका ती वृद्धाको त्यही अस्पतालमा स्वाब संकलन भएको थियो।

उनको स्वाव परीक्षण गराउँदा संक्रमण पुष्टि भएपछि भदौ १४ गते आइतबार कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा। निरजकुमार सिंहले जानकारी दिनुभयो ।

गण्डक अस्पतालमा उपचारका क्रममा ती वृद्धको आज बिहान मृत्यु भएको डा सिंहले जानकारी दिनुभयो । मुटु रोगी समेत रहेका ती वृद्धमा सोडियमको मात्र पनि बढी रहेको अस्पतालले जनाएको छ।

निमोनिया र कोरोना समेत भएपछि उनलाई चिकित्सकको प्रयासले बचाउन नसकिएको डा. सिंहको भनाइ छ। योसँगै बारामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *