Main News

वीर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सेवा बन्द

हिमालय टिभी
२०७७ भदौ १७ गते ८:२२
वीर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सेवा बन्द

१७ भदौ, २०७७ काठमाडौं । वीर अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण भएपछि अस्पतालको सेवा बन्द भएको छ ।

ठूलो सङ्ख्यामा डाक्टर नर्सलाई कोरोना पोजिटिभ देखिएपछि अस्पतालको सेवा पूर्ण रुपमा बन्द गरिएको हो ।

अस्पतालका निर्देशक डा। केदार सेन्चुरीले हिजो मात्र १३ जना स्वास्थ्यकर्मी सहित ७१ जना स्वास्थ्यकर्मीलाई कोरोना देखिएकोले आज र भोलि अस्पताल पूर्ण रुपमा बन्द गरी स्यानिटाइजेसन तथा सरसफाइ गरिने बताउनुभयो ।

उहाँले मङ्गलबार कोरोना देखिएकोमा एक चिकित्सक, छ जना नर्स, दुई फर्मासिष्ट र चार जना स्वीपर तथा कार्यालय सहयोगी रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *