खेलकूद

सीपीएलमा सन्दीप आवद्ध जमैका तलाबाजको चौथो हार

हिमालय टिभी
२०७७ भदौ १७ गते ८:०५
सीपीएलमा सन्दीप आवद्ध जमैका तलाबाजको चौथो हार

१६ भदौ, २०७७ काठमाडौं । क्यारेबियन प्रिमियर लीग ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा सन्दीप लामिछाने आबद्ध जमैका तलाबाजले चौथो हार व्यहोरेको छ ।

प्रतियोगिता अन्तर्गत सातौं खेलमा ट्रिनबागो नाइट राइडर्सले जमैकामाथि १९ रनको जित निकालेको हो । ब्रायन लारा रंगशालामा १ सय ८५ रनको लक्ष्यसहित मैदान ओर्लेको जमैकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो ।

जमैकाका आन्द्रे रसेल ५० रनमा अविजित रहे । यस्तै ग्लेन फिलिप्सले ४१ रन जोड्दा एनरुमा बोनेरले २६ रन बनाए। बलिङमा नाइट राइडर्सका फावद अमहेदले दुई विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नाइट राइडर्सले निर्धारित २० ओभरमा ४ विकेटको नोक्सानीमा १ सय ८४ रनको योगफल तयार पारेको थियो । उसका लागि कोलिन मुनरोले ६५, कप्तान केइरोन पोलार्डले अविजित ३३ तथा सुनिल नरायनले २९ रन बनाए ।

बलिङमा जमैकाका कार्लोस ब्रेथवेटले २ विकेट लिए । यस्तै सन्दीप लामिछाने र फिडेल एडवार्डले एक(एक विकेट लिए । सन्दीपले ४ ओभर बलिङ गर्दै २० रन खर्चिएर १ विकेट लिएका हुन् ।

यससँगै सन्दीपले ७ खेलबाट १० विकेट लिएका छन् । शीर्ष स्थानको नाइट राइडर्स सातौं खेलसम्म अपराजित टोली हो । उता जमैका भने ७ खेलमा चारमा हार र तीन खेलमा जितसहित ६ अंक जोड्दै चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्