आर्थिक

पेट्रोलको भाउ लिटरमा दुई रुपैयाँ बढ्यो

हिमालय टिभी
२०७७ भदौ १६ गते १९:२८
पेट्रोलको भाउ लिटरमा दुई रुपैयाँ बढ्यो

१६ भदौ, २०७७ काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।

मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोल २ रूपैयाँले महँगिएर १ सय ७ रूपैयाँ प्रतिलिटर कायम भएको हो ।

निगमका अनुसार डिजल मट्टितेल, हवाइ इन्धन तथा खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

मूल्य समायोजन भएपश्चात् पनि भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगंज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३२ रुपैयाँ २६ पैसा र डिजेलमा प्रतिलिटर ३६ रुपैयाँ ७५ पैसा नेपालतर्फ नै सस्तो रहेको निगमले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *