समाज

काम गर्ने वातावरण नभएको भन्दै धरान कोभिड अस्पतालका प्रमुख डाक्टरको राजीनामा

हिमालय टिभी
२०७७ भदौ १६ गते १५:११
काम गर्ने वातावरण नभएको भन्दै धरान कोभिड अस्पतालका प्रमुख डाक्टरको राजीनामा

१६ भदौ, २०७७, सुनसरी । काम गर्ने वातावरण नभएको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालकी प्रमुख डाक्टर कृष्णा पोखरेलले राजीनामा दिनुभएको छ ।

उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरि समक्ष डाक्टर पोखरेलले राजीनामा दिनुभएको हो । कोभिड अस्पताललाई शुरुदेखि प्रमुखको रुपमा नेतृत्व प्रदान गरेकी डा पोखरेलले निर्वाध रुपमा काम गर्ने वातावरण नभएको राजीनामामा उल्लेख गर्नुभएको छ ।

तर अस्पतालको औषधि खरिदमा अनावश्यक हस्तक्षेप र दबाबव परेकाले डा पोखरेलले राजीनामा दिएको बताइएको छ ।

अस्पतालको माग फारमभन्दा बाहिर र म्याद गुज्रिन लागेका औषधि खरिद गरेपछि अर्को माग फारम भरेर व्यवस्थापनले हस्ताक्षर गर्न दबाव दिएकाले डाक्टर पोखरेल असन्तुष्ट भएको अरु चिकित्सकको भनाई छ । डा पोखरेल एनेस्थेसिया विभागकी प्रोफेसर हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *