खेलकूद

मेस्सीलाई आफ्नो मातृभूमि फर्केर बाल्यकालको क्लबमा खेल्न राष्ट्रपतिको आग्रह

हिमालय टिभी
२०७७ भदौ १५ गते १३:३१
मेस्सीलाई आफ्नो मातृभूमि फर्केर बाल्यकालको क्लबमा खेल्न राष्ट्रपतिको आग्रह

१५ भदौ, २०७७, अर्जेन्टिना । अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नाण्डेजले लियोनल मेस्सीलाई आफ्नो मातृभूमि फर्किएर बाल्यकालको क्लब निवेल्स ओल्ड ब्वाइजमा खेल्न आग्रह गरेका छन् ।

पछिल्लो समय मेस्सीले बार्सिलोना छोड्नका लागि औपचारिक पत्र पठाएपछि मेस्सीतर्फ सबैको ध्यान केन्द्रित छ। तर, मेस्सीको स्थानान्तरण विवादरहित छैन ।

यसअघि ला लिगाले पनि मेस्सीले बार्सिलोना छोड्न नपाउने जनाइसकेको छ । ला लिगाले मेस्सीले क्लब छोड्नु परे सात सय मिलियन युरो तिर्नुपर्ने स्पष्ट पारेको छ ।

यति हुँदाहुँदै पनि मेस्सीलाई अनुबन्ध गर्नका लागि धेरै क्लबले प्रयास जारी राखेका छन् । यो दौडमा म्यान्चेष्टर सिटी अगाडी छ । तर, पेरिस सेन्ट जर्मेइन, इन्टर मिलान र युभेन्टस पनि मेस्सीलाई अनुबन्ध गर्न इच्छुक देखिएका छन् ।

यसबीचमा अर्जेन्टिनामा पनि मेस्सीलाई रोसारियो फर्काउनका लागि समर्थकले आग्रह गरेका छन् । उनीहरुले मेस्सीलाई स्वदेश फर्किन आग्रह गर्दै र्‍याली नै निकालेका छन् ।

अर्जेन्टिनाका राष्ट्रपति फर्नाण्डेजले आफ्नो करियर नेवेल्स ओल्ड ब्वाइजमा अत्न्य भएको हेर्ने सुखद क्षण प्रदान गर्नुहोस् भनेर आग्रह गरेका थिए । ब्युनर्स एरिजको क्लब अजेन्टिनोस जुनियर्सका समर्थक रहेका राष्ट्रपति फर्नाण्डेज डिएगो म्याराडोनाका ठूला फ्यान हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्