समाज

विद्युत अनियमित हुँदै सुर्खेतका आम नागरिक मर्कामा (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १४ गते १७:५४
विद्युत अनियमित हुँदै सुर्खेतका आम नागरिक मर्कामा (भिडियोसहित)

१४ भदौ, २०७७, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विद्युत अनियमित हुँदा उद्योग, व्यवसाय र आम नागरिकले सास्ती खेप्नु परेको छ । सुर्खेतसहित दैलेख र जाजरकोटका उपभोक्ताले सास्ती बेहोर्नु परेको हो ।

२०४५ सालमा विस्तार गरिएको विद्युतको पुरानो संरचना र क्षमता अहिलेको माग अनुसार पर्याप्त नहुँदा सुर्खेतसहित दैलेख र जाजरकोटका उपभोक्ताले सास्ती झेल्नु परेको छ । उद्योगीले छिनछिनमा बत्ती जाने र आउने हुँदा मेसिन विग्रने र जल्ने समस्या झेल्दै आउनु परेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै सुर्खेत जोडिएको प्रसारण लाइनमा रुखका साना हाँगाले पोलमा बारम्बार क्षति पुग्ने गरेको छ । विद्युत अवरुद्ध हुँदा मर्मतका लागि निकुञ्जको अनुमति लिनुपर्ने बाध्यताका कारण पनि मर्मतमा ढिलाइ हुने गरेको छ ।

पब्लिक र औद्योगिक क्षेत्रको लाइन एउटै भएका कारण झन समस्या भएको छ । औद्योगिक क्षेत्रभित्र छुट्टै फिर्डर राख्नु पर्ने उद्योगीको माग छ ।

कोहलपुर–सुर्खेत प्रसारण लाइनमा पुराना र जीर्ण पोल भएकाले रुखका हाँगाले छोइने र हावाहुरीले रुख ढाल्दा बारम्बार विद्युत अवरुद्ध हुँदा उपभोक्ताले सास्ती खेप्नु परेको हो ।

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै सुर्खेत जोडिएको प्रसारण लाइनमा रुखका साना हाँगाले पोलमा बारम्बार क्षति पुग्ने गरेको छ । विद्युत अवरुद्ध हुँदा मर्मतका लागि निकुञ्जको अनुमति लिनुपर्ने बाध्यताका कारण पनि मर्मतमा ढिलाइ हुने गरेको छ ।

कोहलपुरबाट आउने लाइनमा दैलेखको नौमुले पावर हाउसको लाइन जोडिएकाले पनि विद्युत अवरुद्ध हुने गरेको वितरण केन्द्रले जनाएको छ । कोहलपुर–सुर्खेत प्रसारण लाइनको क्षमता ३३ केभिए हो । अनियमित विद्युतको दीर्घकालीन समाधान एक सय ३३ केभिए प्रसारण लाइन विस्तार नै अन्तिम विकल्प भएको प्राधिकरणले जनाएको छ ।

सरकारले कोहलपुर–सुर्खेत प्रसारण लाइनको क्षमता विस्तार प्रक्रिया अघि बढाएको ७ वर्ष बिते पनि उपलब्धि भने शुन्य छ । यसले सेवाग्राहीले सास्ती वेहोर्नु परिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *