Main News

काठमाडौंको भद्रकालीमा सैनिक जवानले गरे आत्महत्या

हिमालय टिभी
२०७७ भदौ १४ गते १३:१२
काठमाडौंको भद्रकालीमा सैनिक जवानले गरे आत्महत्या

१४ भदौ, २०७७ काठमाडौं । काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको मुख्यालय जंगी अड्डामा कार्यरत एक सैनिक जवानले आत्महत्या गरेका छन् ।

भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोल पम्पमा ड्युटीमा रहेका उनले आज बिहान आफूले बोकेको बन्दुकले टाउकोमा गोली हानी आत्महत्या गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

दुईजना ड्यूटीमा हुने भएपनि त्यसबेला एक्लै रहेको समयमा उनले आत्महत्या गरेको सेनाको भनाइ छ । शव महानगरीय प्रहरी परिसर र सैनिक प्रहरीको रोहबरमा पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

तनहुँ रानीपोखरीका मृतक सैनिकको आत्महत्याबारे नजिकका नातेदारलाई जानकारी गराइएको र आवश्यक अनुसन्धान शुरु गरिएको सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *