Main News

स्याङ्जामा भएको एम्बुलेन्स दुर्घटनामा दुई जनाको मृत्यु, दुई जना घाइते

हिमालय टिभी
२०७७ भदौ १४ गते १३:०८
स्याङ्जामा भएको एम्बुलेन्स दुर्घटनामा दुई जनाको मृत्यु, दुई जना घाइते

१४ भदौ, २०७७, स्याङ्जा । स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अरु दुइ जना घाईते भएका छन् ।

बा २ झ ४०११ नम्बरको एम्बुलेन्स बिहान वालिङ नगरपालिका माझकोटमा दुर्घटना हुँदा चापाकोटका ३५ वर्षीय भानुभक्त गैरे र २२ वर्षीय श्याम पंगेनीको मृत्यु भएको हो ।

उनीहरुको वालिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। त्यस्तै चापाकोटकै ३१ वर्षीया पवित्रा गैरे र २५ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी घाइते भएका छन् ।

चापाकोटबाट बिरामी लिएर काठमाडौं आएको एम्बुलेन्स काठमाडौंबाट चापाकोट–९ का तीन जनालाई लिएर जिल्ला फर्किदै थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *