Main News

हिरासतमा युवकको मृत्यु प्रकरणः सरकारद्वारा छानबिन समिति गठन

हिमालय टिभी
२०७७ भदौ १३ गते १७:२२
हिरासतमा युवकको मृत्यु प्रकरणः सरकारद्वारा छानबिन समिति गठन

१३ भदौ, २०७७ रौतहट । रौतहटमा प्रहरी हिरासतमा एक युवकको मृत्यु भएकोबारे छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।

हत्या आरोपमा इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी हिरासतमा रहेका १९ बर्षिय विजय रामको मृत्यु भएको थियो ।

गृह मन्त्रालयले घटना छानविन गर्न इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिब डोलेन्द्र निरौला संयोजक रहेको समिति गठन गरेको छ । समितिमा प्रदेश प्रहरी कार्यालय जनकपुरका एसपी र रौतहटको अनुसन्धान कार्यालयका एसपी सदस्य छन् ।

हिरासतमा रहेका रामको भदौ १० गते राति उपचारको क्रममा बिरगंजस्थीत नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । परिवार र अधिकारकर्मीले प्रहरीको कुटपिटबाट उनको मृत्यु भएको आरोप लगाएका छन् ।

यस्तै इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतोलाई प्रदेश प्रहरी कार्यालय जनकपुर तानिएको छ । हिरासतमै विजयको मृत्यु भएको विरोधमा रौतहटमा दिनहुँ प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *