आर्थिक

दाङको चेपे सोतामा यसरी बन्यो कृत्रिम ताल (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १३ गते १७:१६
दाङको चेपे सोतामा यसरी बन्यो कृत्रिम ताल (भिडियोसहित)

१३ भदौ, २०७७ दाङ । प्रदेश ५ सरकारको लगानीमा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १ र २ मा पर्ने चेपे सोतामा ताल निर्माण गरिएको छ । ताल बनेसँगै यो स्थल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।

दाङको घोराही उपमहानगरपालिकामा प्रदेश सरकारको ५० लाख रुपैयाँ सहयोगमा घोराही उपमहानगरले बाँकी डेढ करोड रकम थप गरि बाँध बनाए पछि ताल बनेको हो ।

साढे सात विगाहा क्षेत्रफलमा फैलिएको यो ताललाई बहुउद्देश्यीय बनाउने प्रदेश सरकारको योजना अनुसारको काम भैरहेको छ । यो ताल अहिले बोटिङ गर्नेको रोजाइमा पर्न थालेको छ । यही तालबाट बगेको पानीले खेतियोग्य जमिन सिचित भैरहेको छ ।

प्रदेश सरकारले यो ताललाई पर्यावरण संरक्षणका लागि सफल योजनाको रुपमा लिएको छ । सिंचाइ, माछा पालनसँगै बाताबरणिय र पर्यटकिय आकर्षणका लागि आर्थिक बर्ष २०७५–७६ सालमा घोराही उपमहानगरपालिका र प्रदेश सरकारको लगानीमा चेपे ताल निर्माण भएको हो ।

ताललाई आम्दानीको स्रोत बनाउने, कृषिमा व्यवसायीककरण गराउने, माछा पालन गर्ने र डुंगामा सयर गराई मनोरन्जन सँगै आन्दानीमा केन्द्रित गराउने लक्ष्य छ । यो ताल सञ्चालनको जिम्मेवारी स्थानीयबासिन्दालाई नै दिइएको छ । बोटिङ तथा अन्य कामबाट भएको आम्दानिबाट २० प्रतिशत उपमहानगरलाई जाने र ८० प्रतिशत कर्मचारी ब्यबस्थापनमा खर्च गर्ने नीति लिइएको छ ।

अहिले कोरोना संक्रमणका बेला सुरक्षा सावधानी अपनाएर तालमा बोटिङ सञ्चालन भइरहेको छ । बोटिङमा युवा रमाइ रहेका छन । उनीहरुले बोट सञ्चालनलाई व्यवस्थित बनाउन सुझाव दिएका छन् ।

दाङमा पानीका स्रोत संरक्षणका लागि कृत्रिम ताल आवश्यक रहेकाले प्रदेश सरकारले चेपे जस्ता कृत्रिम तालमा लगानी गर्न थालेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *