आर्थिक

विदेशबाट फर्केर गाउँमै भैंसीपालन, विदेशमा भन्दा बढी आम्दानी (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १३ गते १४:५४
विदेशबाट फर्केर गाउँमै भैंसीपालन, विदेशमा भन्दा बढी आम्दानी (भिडियोसहित)

१३ भदौ, २०७७ गुल्मी । विदेशमा अपमानित हुनुभन्दा स्वदेशमै कृषि कर्म गर्न युवा आकर्षित भइरहेका छन् ।

विदेशबाट फर्केर गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ का तोयनारायण पाण्डेले अहिले भैँसी पालन सुरु गर्नुभएको छ । सानो लगानीबाट शुरु भएको व्यवसाय उहाँले विस्तार गर्दै लैजानु भएको छ ।

रोजगारिको लागि भारत गएका तोयनारायण पाण्डे त्यहाँ कमाइ नभएपछि मलेशिया र कतार पुग्नुभयो । त्यहाँ ९ वर्ष जति बसेर फर्किएका पाण्डेले आफ्नै घरमा २ वटा भैँसीबाट सुरु गरेको दुग्ध व्यवसायबाट मासिक ५० हजारभन्दा वढि आम्दानी गरिरहनु भएको छ । पाण्डेको फार्ममा अहिले ४ वटा दुध दिने भैँसी छन् । एक वर्ष भित्र १० वटा भैँसी पुर्‍याउने उहाँको लक्ष्य छ ।

कृषकका नाममा सरकारले वर्षेनी अर्बौं रुपैया अनुदान दिने गरेको छ । तर यो रकम वास्तविक किसानले भने पाउँदैनन् । पाण्डेले पनि कतैबाट सहयोग पाउनु भएको छैन ।

जसका कारण भैँसी थप्ने योजना भए पनि लगानीको समस्या भइरहेको छ । उहाँले सुन्तला खेती पनि गर्नुभएको छ । सुन्तला बेचेर पाण्डेले बार्षिक डेढ लाख कमाई गरिरहनु भएको छ ।

अहिले भारत लगायत तेस्रो मुलुकमा रोजगारीमा गएका धेरै युवा स्वदेश फर्किएका छन् । विदेशको परीश्रम स्वदेशमै गर्ने हो भने कृषि क्षेत्रमा क्रान्ति ल्याउन सकिन्छ । तर यसका लागि तीनै तहका सरकारले कुनै योजना बनाएका छैनन् । न त पहिले देखि नै कृषि कर्म गरिरहेकालाई सहयोग नै गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *