Main News

अहिलेसम्म ७१ जना पत्रकार र संचारकर्मी कोरोना संक्रमित

हिमालय टिभी
२०७७ भदौ १२ गते १८:३२
अहिलेसम्म  ७१ जना पत्रकार र संचारकर्मी कोरोना संक्रमित

१२ भदौ, २०७७ काठमाडौं । कोरोना महामारी देशव्यापी बनेसँगै अहिलेसम्म ७१ जना पत्रकार र संचारकर्मी संक्रमित भएका छन् ।

महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा सुदूरपश्चिमबाहेक बाँकी ६ वटा प्रदेशका ७१ जना सञ्चारकर्मी संक्रमित भएको उल्लेख छ ।संक्रमित हुनेमा प्रदेश १ का १३ जना पत्रकार छन् । त्यसमध्ये मोरङका मात्र १२ जना छन् ।

अर्का एकजना उदयपुरका हुन् । यस्तै प्रदेश २ मा २७ जना पत्रकार संक्रमित छन् । जसमा पर्साका १३, बाराका चार, धनुषाका दुई, सप्तरीका तीन, सर्लाहीका तीन, महोत्तरीका एक र रौतहटका एकजना छन् ।

बागमती प्रदेशमा काठमाडौंका नौ र ललितपुरका दुई गरी ११ जना पत्रकार संक्रमित भएका महासंघले जनाएको छ । त्यसैगरी गण्डकी प्रदेशको नवलपुरका सात र कास्कीका एक गरी आठजना पत्रकार संक्रमित छन् ।

प्रदेश ५ मा बाँकेका दुई, बर्दियाका एक, कपिलवस्तुका ६ र रुपन्देहीका दुईजना गरी ११ जना पत्रकार संक्रमति भएका छन् । कर्णाली प्रदेशको दैलेखमा एकजना संक्रमित छन् ।

महासंघले संचारकर्मीको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गर्दै काम गर्न आमपत्रकार र सञ्चारकर्मीलाई महासंघको आग्रह छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *