Main News

चितवनमा २६ र सुर्खेतमा ६ जना चिकित्सकसहित ७ जनामा कोरोना संक्रमण

हिमालय टिभी
२०७७ भदौ ११ गते ७:५७
चितवनमा २६ र सुर्खेतमा ६ जना चिकित्सकसहित ७ जनामा कोरोना संक्रमण

११ भदौ, २०७७ काठमाडौं । पछिल्लो समय चितवतको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा २६ जना कोरोना संक्रमित थपिएका छन्

१५९ स्वाव संकलन गरिएकोमा २६ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । थपिएका संक्रमित मध्य चितवनको रत्न नगर नगरपालिकाका १४, माडीका ९, भरतपुर महानगरका २ र तनहुँको देवघाटका एक जना रहेको अस्पतालकी प्रमुख डा नितु अधिकारीले जानकारी दिनुभयो ।

त्यस्तै कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी गरी ७ जनामा कोरोना संक्रमण देखिएपछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।

अस्पतालमा सेवा लिन आउनेलाई संक्रमण नहोस् भनेर अर्को सूचना जारी नभएसम्मका लागि आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको अस्पतालका निर्देशक डा डम्बर खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *