Main News

नाता सम्बन्धकै आधारमा कसैलाई पद नदिलाएको उपप्रधानमन्त्री पोखरेलको प्रष्टिकरण

हिमालय टिभी
२०७७ भदौ १० गते १७:०७
नाता सम्बन्धकै आधारमा कसैलाई पद नदिलाएको उपप्रधानमन्त्री पोखरेलको प्रष्टिकरण

१० भदौ, २०७७, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पदीय हैसियतको दुरुपयोग गरी कुनै पनि नातेदारलाई पद नदिलाएको प्रष्टिकरण दिनुभएको छ ।

आफूसँगको नाता सम्बन्धका आधारमा कानूनी व्यवस्था उल्लंघन गरी पद प्राप्त गरेको भन्ने विषयमा सत्यता नभएको पोखरेलको दावी छ ।

सम्धी उपेन्द्र कोइरालाले पोखरेलकै दबाबमा राष्टिय वाणिज्य बैंकको संचालक सदस्यमा नियुक्ति पाएको भन्ने आरोप लागेपछि पोखरेलले फेसबुकमार्फत खण्डन गर्नुभएको हो ।

कहींकतै आफ्नो अवाञ्छित चासो वा हस्तक्षेप नभएको र प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार बन्ने पनि पोखरेलले बताउनुभएको छ ।

काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएको पोखरेलको दावी छ ।

अर्थ मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्यमा सम्धी उपेन्द्र कोइरालालाई नियुक्त गरेपछि पोखरेल विवादमा तानिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *