खेलकूद

एण्डी मुरे वेस्टर्न एण्ड साउथर्न ओपन टेनिसको तेस्रो चरण प्रवेश

हिमालय टिभी
२०७७ भदौ ९ गते ७:४७
एण्डी मुरे वेस्टर्न एण्ड साउथर्न ओपन टेनिसको तेस्रो चरण प्रवेश

९ भदौ, २०७७ लण्डन । बेलायतका एण्डी मुरे वेस्टर्न एण्ड साउथर्न ओपन टेनिसको तेस्रो चरण प्रवेश गरेका छन् ।

३३ वर्षीय मुरेले सातौं वरियताका जर्मन खेलाडी एलेक्सान्डर ज्वेरेभलाई हराएका हुन् । न्यूयोर्कमा सम्पन्न खेलमा ६(३, ३(६ र ७(५ को सेटमा जित निकाल्न उनले साढे दुई घण्टा खर्चिए।

मुरे २ हजार १७ यता पहिलोपटक वरियताको शीर्ष १० मा रहेका खेलाडीलाई हराए । तीन वर्षको अवधिमा उनले दुई पटक मात्र शीर्ष दशमा रहेका खेलाडीसँग प्रतिस्पर्धा गरेका छन् ।

मुरे विश्व बरियततामा १२९ औं स्थानमा छन् । उनले अर्को चरणमा क्यानडाका मिलोस राआनिकसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्