Main News

काठमाडौं उपत्यकामा ९ सय ५० जना क्षमताको एकीकृत क्वारन्टिन सञ्चालनमा आउँदै

हिमालय टिभी
२०७७ भदौ ८ गते १२:४६
काठमाडौं उपत्यकामा ९ सय ५० जना क्षमताको एकीकृत क्वारन्टिन सञ्चालनमा आउँदै

८ भदौ, २०७७ काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि ९ सय ५० जना बस्न मिल्ने एकीकृत क्वारन्टिन सञ्चालनमा आउने भएको छ।

वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा अन्तराष्ट्रिय उद्धार उडानमार्फत् आउने नेपालीलाई राख्न एकीकृत क्वारन्टिन सञ्चालनमा ल्याउन लागिएको हो।

गृह मन्त्रालयका सहप्रवक्ता प्रेमलाल लामिछानेले काठमाडौंको सामाखुशी र कीर्तिपुरमा रहेको राधास्वामी व्यास केन्द्रमा आठ सय जनालाई राखिने जानकारी दिनु भएको छ ।

त्यसैगरी स्टाफ कलेज जावलाखेलमा एक सय र भक्तपुरको चाँगुनारायण नगरपालिकाको तेलकोट भवनमा ५० जनालाई राखिनेछ।

सरकारले ६ हजार जना बस्न सक्ने एकीकृत क्वारेन्टाइन व्यवस्थापन गर्न भनेकाले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय तहको समन्वयमा थप स्थानको पहिचान गरिने सहप्रवक्ता लामिछानेको भनाइ छ ।

मन्त्रिपरिषदबाट काठमाडौं, ललितपुर र भक्तपुरमा एकीकृत क्वारन्टिनको प्रबन्ध तथा व्यवस्थापन गर्न गृहसचिव महेश्वर न्यौपानेको संयोजकत्वमा गठित समितिको हिजो बसेको बैठकले क्वारन्टिन संचालनमा ल्याउने निर्णय गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *