आर्थिक

लाभांश वितरण गर्ने समता लघुवित्त वित्तीय संस्थाको घोषणा

हिमालय टिभी
२०७७ भदौ ७ गते १३:२५
लाभांश वितरण गर्ने समता लघुवित्त वित्तीय संस्थाको घोषणा

७ भदौ, २०७७, काठमाडौं । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई २६ दशमलव तीन दुई प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

लघुवित्त सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनश शेयर र ६ दशमलव ३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । असार मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी १९ करोड ११ लाख छ ।

२० प्रतिशतका दरले ३ करोड ८२ लाख रुपैयाँको बोनस शेयर वितरणपछि लघुवित्तको चुक्ता पूँजी २२ करोड ९३ लाख रुपैयाँ पुग्नेछ ।

सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई वार्षिक साधारण सभाले पारित गर्नु पर्ने छ । समता लघुवित्त घरेलु लघुवित्तसँगको मर्जर प्रक्रियामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *