खेलकूद

सीपीएलमा सन्दीपले उत्कृष्ट बलिङ गरे पनि जमैका तलावाज १४ रनले पराजित

हिमालय टिभी
२०७७ भदौ ७ गते ८:१६
सीपीएलमा सन्दीपले उत्कृष्ट बलिङ गरे पनि जमैका तलावाज १४ रनले पराजित

७ भदौ, २०७७ काठमाडौं । क्यारेबिन प्रिमियर लीग (सीपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेपनि उनको टीम जमैका तलावाज १४ रनले पराजित भएको छ ।

गएराति गुएना अमेजन वारियर्सबिरुद्ध सन्दीपले ४ ओभर बलिङ गर्दै मात्र आठ रन दिएर दुई विकेट लिएका हुन् । उनले शेरफेन रुदरफोर्डलाई ६ रनमा क्याच आउट र क्रिस ग्रिनलाई २ रनमा बोल्ड गरे ।

टस हारेर ब्याटिङ गरेको गुएना १९ दशमलव १ ओभरमा १ सय १८ रनमा अलआउट भएको थियो । उसका लागि ब्रान्डम किंगले २९ तथा चन्द्रपउल हेमराज र रोस टेलरले समान २१२१ रन बनाए ।

बलिङमा जमैकाका मुजिब उर रहमान र कार्लोस ब्रेथवेटले समान तीन(तीन तथा सन्दीपले २ विकेट लिए । १ सय १९ रनको लक्ष्यसहित मैदान ओर्लेको जमैकाले पूरै बिस ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ४ रनमात्र बनाउन सक्यो ।

आन्द्रे रसेल ५२ रनमा अविजित रहे । त्यस्तै कप्तान रोभभ्यान पावेलले २३ रन बनाए । बलिङ्मा गुएनाका क्रिस ग्रीनले दुई विकेट लिए ।

पहिलो खेलमा तलावाजले सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले पराजित गरेको थियो । ४ ओभर बलिङ गरेर सन्दीपले २३ रन खर्चिदै १ विकेट लिएका थिए ।

त्यस्तै दोस्रो खेलमा ट्रिनबागो नाइट राइडर्सले तलावाजमाथि ७ विकेटको जित निकालेको थियो । उक्त खेलमा सन्दीपले ४ ओभरमा ३० रन खर्चिएर १ विकेट हात पारेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्