दाङमा विपद व्यवस्थापनमा प्रदेश सरकारको यस्तो सहयोग (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ६ गते १६:५८
दाङमा विपद व्यवस्थापनमा प्रदेश सरकारको यस्तो सहयोग (भिडियोसहित)

६ भदौ, २०७७ दाङ । दाङ बाढीपहिरो, भुक्षय, आगलागी, सर्पको डसाइजस्ता विपद्को बढी जोखिममा छ । प्रदेश ५ सरकारले विपद व्यवस्थापनका लागि स्थानीय सरकारसँग मिलेर काम गरिरहेको छ । प्रदेश सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पनि दाङमा धेरै लगानी गरेको छ ।

दाङमा प्रदेश सरकारले कोरोना संक्रमण व्यवस्थापनबाहेक अन्य विपदका लागि दुई महिनामा २१ लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ । जिल्लाको विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले सूचना केन्द्र स्थापना, राहत वितरण र क्षति भएका घर पुनर्निर्माण लगायतका काममा सहयोग गरिरहेको छ ।

दाङमा सर्पको डसाइ पनि विपद्को रुपमा छ । सर्पले डसेर गत आर्थिक वर्षमा १५ जनाको मृत्यु भएको थियो । देउखुरी सर्पदंशको बढी जोखिममा छ । चालु आर्थिक वर्षदेखि भने गढवा मै सर्पदंश उपचार केन्द्र सञ्चालनमा आउँदैछ ।

प्रदेश सरकारबाट स्थानीय तहलाई प्राप्त हुने नियमित बजेटबाट पनि विपद् व्यवस्थापनका लागि काम भैरहेको छ । डिभिजन वन कार्यालयमार्फत प्रदेश सरकारले खोलाका बगर तथा भूक्षय हुने सम्भावना भएका क्षेत्रमा वृक्षरोपण गर्नुका साथै पहिरो नियन्त्रणमा पनि काम गरिरहेको छ ।

दाङमा यो पटक ठूला प्रकोप नआए पनि तयारी अवस्थामा रहेको प्रदेश सरकारले बताएको छ ।

प्रदेश सरकारले कोरोना संक्रमणका कारण हुनसक्ने विपद् व्यवस्थापनका लागि दाङमा ठूलो लगानी गरेको छ । प्रदेश कोरोना अस्पतालका लागि सुरुमै २ करोड रुपैयाँ लगानी गरिएकोमा पछि संचालन र उपकरण किन्न पनि रकम खर्च गरिदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *