Main News

विदेशमा अलपत्र नागरिकको उद्धारः क्वारन्टिन होटलको सूची र मूल्य सार्वजनिक (सूचीसहित)

हिमालय टिभी
२०७७ भदौ ५ गते १४:१४
विदेशमा अलपत्र नागरिकको उद्धारः क्वारन्टिन होटलको सूची र मूल्य सार्वजनिक (सूचीसहित)

५ भदौ २०७७ काठमाडौं । सरकारले चार्टर्ड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्वारन्टिनमा राख्ने होटलको सूची र मूल्य सार्वजनिक गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले पर्यटन विभागले उपलब्ध गराएको होटलको सूची र शुल्क सार्वजनिक गरेको हो । विदेशबाट आउने नेपालीका लागि ३ हजार ५ सय कोठा तयारीमा राखिएको छ ।

पाँच तारे होटलमा एकल नौ हजार र दुई जना साझेदारीमा बसे जनही ६ हजार रुपैयाँ तोकिएको छ।

यस्तै चारतारे होटलमा एकल आठ हजार र दुई जनाको हकमा जनही पाँच हजार पाँच सय, तीनतारे तथा डिलक्स रिसोर्टमा एक जनाको छ हजार र दुई जनाको हकमा जनही पाँच हजार, दुई तारेमा एकल पाँच हजार र दुई जना भएमा प्रतिव्यक्ति तीन हजार पाँच सय रुपैयाँ तोकिएको छ ।

एकतारेमा एकल चार हजार र दुई जना भएमा जनही दुई हजार ५ सय तथा पर्यटकस्तरको होटलमा एकल दुई हजार ८ सय र दुई जना भएमा प्रतिव्यक्ति एक हजार ८ सय शुल्क तोकिएको छ।यो रकमै भित्र होटलले क्वारन्टिनमा बस्ने व्यक्तिलाई बिहानको नास्ता, खाना, खाजा र बेलुकीको खाना खुवाउनुपर्नेछ।

सरकारले चार्टर्ड उडानमार्फत कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकको उद्धार गर्ने निर्णय गरे लगत्तै होटल र मूल्य सूचि सार्वजनिक गरिएको हो ।

मलेसिया, यूएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, युरोपलगायत देशमा रहेका नेपालीलाई उडानमार्फत स्वदेश आउन अनुमति दिएको छ ।

स्वदेश आउन चाहने नागरिकले ७२ घण्टाभित्र कोरोना परीक्षण गरेको पीसीआर रिपोर्ट पनि देखाउनुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *