समाज

संखुवासभामा आइसोलेसन तोडफोड

हिमालय टिभी
२०७७ भदौ ५ गते १२:५७
संखुवासभामा आइसोलेसन तोडफोड

५ भदौ, २०७७, संखुवासभा । जिल्ला अस्पताल संखुवासभा मातहत रहेको हिमालय किरण पब्लिक क्याम्पसस्थित आइसोलेसन गएराति तोडफोड भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकको निर्णय अनुसार जिल्ला अस्पतालले हिमालय क्याम्पसमा १० शय्याको आइसोलेसन निर्माण गरेको थियो । तर गएराती नै आइसोलेसन तोडफोड भएको छ ।

आइसोलेसन तोडफोडबाट शय्या, अक्सिजन कन्सनथेटर, डिभाइडरलगायतका सामग्रीमा क्षति पुगेको अस्पताल प्रशासनका कर्मचारी दिपेश श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले तोडफोड गर्ने व्यक्तिको खोजी भइरहेको जानकारी दिनुभयो ।

यसअघि हिमालय क्याम्पस प्रशासनले हिजो क्याम्पसमा निर्माण गरिएको आइसोलेसन हटाउन माग गर्दे जिल्ला प्रशासन कार्यालय घेराउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *