Main News

चार्टर्ड तथा उद्धार उडान फेरि शुरु हुँदै

हिमालय टिभी
२०७७ भदौ ५ गते ८:०७
चार्टर्ड तथा उद्धार उडान फेरि शुरु हुँदै

५ भदौ, २०७७ काठमाडौं । सरकारले चार्टर्ड तथा उद्धार उडानलाई पुनः सुचारु गर्ने भएको छ ।

हिजो साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले हवाई मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारणसमेत गरेको छ । अब हवाई मार्गबाट आउनेहरुले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारन्टिनमा बस्नैपर्नेछ ।

कुन होटलमा बस्ने भन्ने बुकिङ गरेर मात्र आउनुपर्नेछ । यसका लागि सरकारले होटलहरुको सूची प्रकाशित गर्ने छ । होटलमा बस्दाको खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्ने छ ।

विदेशबाट आउनेहरुको सूची त्यस देशमा रहेको दूताबासले तोकेबमोजिम हुनेछ । एकदिनमा बढीमा तीनवटा फ्लाइटसम्म मात्रै सरकारले उडान अनुमति दिने मन्त्रिपरिषदले मापदण्ड तोकेको हो । यो निर्णयसँगै माग भएका ठाउँहरुको उडान तालिका बनाएर चार्टर फ्लाइट सुरु हुनेछ ।

यसअघि सोमबार कोभिड(१९ संकट व्यवस्थापन सेन्टर ९सीसीएमसी० ले चार्टर तथा उद्धार उडान रोकेको थियो । त्यो निर्णयका कारण दुबई गएको नेपाल एयरलाइन्सको विमान खाली नै फर्किएको थियो तर त्यही दिन टर्कीबाट र बिहीबार बंगलादेशबाट चार्टर उडान भएको छ ।

त्यसैगरी सरकारले तोकेका १० वटा स्थल नाकाहरुबाट स्वदेश आउने नागरिकलाई पनि सोही नाकामा रहेका होटलमा अनिवार्यरुपमा सात दिनसम्म बस्नुपर्ने मापदण्ड तोकिएको छ । होटलमा बस्ने खर्च गर्न नसक्नेहरुको हकमा स्थानीय समितिले व्यवस्थापन गर्नेछ । मन्त्रिपरिषद् बैठकले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुमार्फत घोषणा गरिएका निषेधाज्ञाको कार्यान्वयन र पालनाका लागि गृह प्रशासनलाई निर्देशन दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *