समाज

सप्तरीमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ भदौ ४ गते १४:२७
सप्तरीमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

४ भदौ, २०७७, सप्तरी । सप्तरीमा मंगलबार मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । मृतक राजविराज वडा नम्बर ४ का २८ वर्षीय युवक हुन् ।

ज्वरो आएर सास फेर्न गाह्रो भएपछि छिन्नमस्ता अस्पताल राजविराज लगिएका युवकलाई अस्पतालले अवस्था गम्भीर भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाएको थियो । र, धरान लगिएको केहीबेरमै मंगलबार दिउँसो उनको मृत्यु भएको थियो ।

ती युवकको शव राजविराज लगिएपछि स्वाब संकलन गरिएको थियो । स्वाबको रिपोर्ट बुधबार राति पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि राजविराज नगरपालिका वडा नम्बर ६ का दुई र रुपनी गाउँपालिका ५ का एक जना पुरुषको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *