Main News

नेपालगञ्जबाट २८ जना कोरोना संक्रमित डिस्चार्ज

हिमालय टिभी
२०७७ भदौ ४ गते १४:०२
नेपालगञ्जबाट २८ जना कोरोना संक्रमित डिस्चार्ज

४ भदौ, २०७७ काठमाडौं । बाँकेको नेपालगञ्जबाट आज २८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

खुला कारागार गनापुर, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, आइसोलेसन केन्द्र आदर्शनगर, होटल सिटी प्यालेस, लायन्स डेन्टल अस्पताल आइसोलेसनमा बसेर उपचार गराएका संक्रमित कोरोनामुक्त भएर घर फर्किएका हुन् ।

आज डिस्चार्ज हुनेहरु गएको साउन २२ गते नेपालगञ्ज उपमहानगरपालिका कार्यालय परिसरमा स्वाब लिंदा संक्रमित देखिएका थिए ।

कोरोना जितेर फर्किनेमा जनप्रतिनिधि, नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरीदेखि कर्मचारीसमेत छन् । अधिकांश पोजेटिभको सम्पर्कमा आएका व्यक्तिहरु हुन् ।

डिस्चार्ज हुनेमा एकजना चिकित्सक समेत रहेका छन् । १४ दिनपछि स्वतः घर पठाउने नीतिका कारण २२ गते कोरोना देखिएका २८ जना नै आज डिस्चार्ज भएका हुन् ।

हालसम्म बाँके जिल्लामा ४ सय ९६ जना डिस्चार्ज भइसकेको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *