Main News

वर्षेनि प्राकृतिक प्रकोपबाट ठुलो जनधनको क्षति, न्युनीकरण गर्ने निकाय मूकदर्शक (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ३ गते २०:३८
वर्षेनि प्राकृतिक प्रकोपबाट ठुलो जनधनको क्षति, न्युनीकरण गर्ने निकाय मूकदर्शक (भिडियोसहित)

३ भदौ, २०७७ काठमाडौं । यो वर्ष मनसुन सुरु भएसँगै बाढी पहिरोबाट हुने क्षतिको क्रम अझै रोकिएको छैन । सिन्धुपाल्चोक पहिरोको पीडा भु्ल्न नपाउँदै आज अछाम, बझाङ दैलेख लगायतका जिल्लामा बाढी पहिरोले क्षति गरेको छ ।

बाढी पहिरोजस्ता विपदबाट हुने क्षति न्युनीकरणका लागि कानूनले नै संयन्त्र बनाएको छ । तर त्यो कानून कार्यान्वयन नहुँदा विपद् न्युनीकरणका लागि ठोस काम हुन सकेको छैन । जसले गर्दा विपद् र क्षति बढिरहेको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ मा हरेक प्रकारका विपद्सँग जुध्न केन्द्रदेखि स्थानीय तहसम्म जोखिम न्यूनीकरणका लागि संयन्त्रको व्यवस्था गरिएको छ ।

र, ऐनबमोजिम राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण पनि गठन भइसकेको छ । यसबाहेक केन्द्रमा प्रधानमन्त्रीको अध्यक्षतामा विपद् व्यवस्थापन राष्ट्रिय परिषद्, प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश विपद् व्यवस्थापन परिषद् र गाउँपालिका वा नगरपालिकाका प्रमुखको अध्यक्षतामा स्थानीय विपद् व्यस्थापन समितिको व्यवस्था गरिएको छ । यसबाहेक ७७ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला विपद् व्यवस्थापन समिति पनि छन् ।

विपद जोखिम न्यूनीकरणमा तीनै तहका सरकारलाई जिम्मेवार बनाइसकिएको अवस्थामा पनि नागरिकका पीडा उस्तै छन् । विज्ञका नजरमा कानूनले व्यवस्था गरेका संरचना सही तरिकाले परिचालन नहुँदा विपद्का घट्ना र तीनले गर्ने क्षति बढिरहेको छ ।

विज्ञ मात्र होइन, सम्बन्धित मन्त्रालयकै अधिकारी पनि कानून कार्यान्वयनको पाटोमा कमजोरी भएको स्वीकार्छन् । त्यही कमजोरी विपदका घट्नाबाट हुने क्षति रोक्न सरकार असफल हुनुको अर्को कारण हो ।

तर कानूनमा व्यवस्था भएबमोजिमका संयन्त्रबीच समन्वय हुन नसक्दा अफ्ठ्यारो भएको दाबी गृहमन्त्री रामबहादुर थापाको छ ।तर सबै कमजोरी थाहा हुँदा पनि सुधार्ने तर्फ भने ध्यान छैन ।

गत हप्ता सिन्धुपाल्चोकको लिदीमा गएको पहिरो राज्य संयन्त्रको यही लापरवाहीको पराकाष्ठा हो । गाउँलेले ५ वर्षदेखि बस्ती सार्न हार गुहार गरे । तर गुहार कुनै सरकारले सुनेन । गाउँलेलाई जुन डर थियो । त्यै भयो पहिरोले जनधनको क्षति भयो ।

जब क्षाति भयो त्यसपछि तीन तहका सरकारका मान्छे लस्कर लागेर त्यहाँ पुगे । कानूनमा व्यवस्था भए बमोजिमका संयन्त्र चुस्त बनाउने र भूमिका दिने हो भने यस्ता विपदका घटना र क्षति कम गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *