Main News

अछामको कैलास खोलाले २२ घर बगायो, ६ जनाको मृत्यु, ११ जना बेपत्ता

हिमालय टिभी
२०७७ भदौ ३ गते १५:१६
अछामको कैलास खोलाले २२ घर बगायो, ६ जनाको मृत्यु, ११ जना बेपत्ता

३ भदौं, २०७७, अछाम । अछाममा कैलास खोलामा आएको बाढीले २२ घर बगाउँदा ६ जनाको मृत्यु भएको छ । ११ जना हराइरहेका छन् ।

कैलास खोलाले रामारोशन गाउँपालिका वडा नम्वर ५ स्थित वस्ती बगाएको हो । हराएका १७ जना मध्ये अहिलेसम्म ६ जनालाई मृत अवस्थामा फेला पारिएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिकाको कोसेडा क्षेत्र र २ जनाको शव मंगलसेन नगरपालिका लमतणा र सेरीमा भेटिएको हो । गजड बजार, मुजा बगर र सैनी बजारमा बाढीले धेरै क्षति पुर्‍याएको छ ।

बाढीले विस्थापित भएका १ सय जनालाई सुरक्षित स्थानमा राखिएको प्रजिअ उपाध्यायले बताउनुभयो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दा उद्धारमा खटिएका छन् । ३ जना घाइतेको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *