Main News

डिजाइनअनुसार नभएपछि अध्यावधिक नक्सासहितको लोगो फिर्ता

हिमालय टिभी
२०७७ भदौ ३ गते १२:५०
डिजाइनअनुसार नभएपछि अध्यावधिक नक्सासहितको लोगो फिर्ता

३ भदौं, २०७७ काठमाडौं । नेपालको अध्यावधिक नक्सा अनुसार बनाएको संघीय संसदका पदाधिकारी र सांसदको लोगो फिर्ता भएको छ ।

यसअघि लोगो डिजाइन अनुसार नभएको र यसले नेपालको कला र शिल्पकै धज्जी उडाएको भन्दै आलोचना भएको थियो ।

संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले विज्ञप्ती निकालेर लोगोको बनावटलाई लिएर चर्को आलोचना भएका कारण ती सबै लोगो फिर्ता पठाइएको जानकारी दिनुभयो ।

परिमार्जित नेपालको नक्सा अनुसार संसदको लोगो बनाउने जिम्मा भन्दै संसद सचिवालयले बागमती प्रदेश अन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालयलाई दिएको थियो ।

तर त्यो कार्यालयले बनाएको लोगोको बनावटलाई लिएर आलोचना भएको थियो । सचिवालयका अनुसार घरेलु तथा साना उद्योग कार्यालयले नै नयाँ डिजाइन अनुसारकै लोगो फेरि तयार पारेर दिने छ ।

सचिवालयले संसदको लोगोको स्तरीयता र निर्धारित मापदण्ड अनुसार नै बनाएर ल्याउने पनि जनाएको छ । सचिवालयले एउटा लोगोका लागि पाँच हजार पाँच सय २७ रुपैयाँ तिरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *