Political Hightlights

कार्यदल बनेसँगै पार्टी फुट्नबाट जोगियोः प्रवक्ता श्रेष्ठ

हिमालय टिभी
२०७७ साउन ३२ गते १९:२८
कार्यदल बनेसँगै पार्टी फुट्नबाट जोगियोः प्रवक्ता श्रेष्ठ

३२ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल बनेसँगै पार्टी फुट्नबाट जोगिएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत श्रेष्ठले पार्टी फूटबाट जोगिएको दावी गर्नुभएको हो । श्रेष्ठले फेसबुकमा लेख्नुभएको छ– कार्यदलले आफ्नो काम शुरु गरिसकेको छ । यसले यो सकारात्मक सन्देश दिसकेको छ कि हाम्रो पार्टी एकताको रक्षा सुनिश्चित भएको छ।‬’

पार्टी एकताको रक्षाले सबैलाई खुसी बनाएको श्रेष्ठले उल्लेख गर्नुभएको छ । श्रेष्ठका अनुसार कार्यदलले ‪ कोभिड–१९ को नियन्त्रण,उपचार र अर्थतन्त्रको पुननिर्माण, राष्ट्रिय स्वाधीनताको रक्षा, समाजवाद उन्मुख सामाजिक(आर्थिक रुपान्तरण गर्न पार्टी र सरकारलाई सुझाव दिने श्रेष्ठले जानकारी दिनुभएको छ ।

तर पार्टी भित्र केही बिषयमा कुनै छलफल ,बहस र सँघर्ष हुँदैमा फुट्ने खतरा उत्पन्न भैहाल्नु उपयुक्त नहुने पनि श्रेष्ठले उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्